Deuteronomy 33:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले आफ्‍ना आमा-बुबा, दाजुभाइ र छोरा-छोरीहरूप्रति भन्दा तपाईंप्रति झन् बढ्ता भक्ति देखाए, तिनीहरूले तपाईंका आज्ञाहरू पालन गरे र तपाईंका करारप्रति विश्‍वासयोग्‍य रहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले आफ्‍ना पिता र आफ्‍नी माताको विषयमा भने, ‘म उनीहरूको आदर गर्दिनँ’। तिनले आफ्‍ना दाजुभाइहरूलाई इन्‍कार गरे, आफ्‍नै बालबच्‍चालाई स्‍वीकार गरेनन्‌। तर तिनले तपाईंका वचनको रखवाली गरे, र तपाईंका करारको रक्षा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले आफ्नो बुबा र आमालाई भन्यो, ‘म तिनीहरूको कुनै वास्ता गर्दिनँ।’ त्यसले आफ्ना दाजुभाइहरूलाई चिनेन, र आफ्नै छोराछोरीहरूलाई स्वीकार गरेन; तर त्यसले तपाईंको वचनमा ध्यान दियो, र तपाईंको करारको रक्षा गर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
आमा-बाबुको विषयमा लेवीले भने, ‘तिनीहरूको निम्ति म वास्ता गर्दिनँ।’ उसले आफ्नो दाज्यू भाइको वास्ता गरेन आफ्नो बाल-बच्चाहरू चिनेन। तर उसले तपाईंका आज्ञाहरू पालन गरे, तपाईंको करार माने।