Deuteronomy 34:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशा मोआबका मैदानबाट नेबो पर्वतमाथि यरीहोको पूर्वमा भएको पिसगा पहाडको टुप्पामा चढे। त्यहाँ परमप्रभुले उनलाई यी सम्पूर्ण भूमि देखाउनुभयो— गिलादको प्रदेश, जो उत्तरपट्टि दान सहरसम्म पुगेको थियो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि मोशा मोआबको मैदानबाट यरीहोको सामुन्ने भएको नेबो डाँड़ाको पिसगाको टाकुरामा उक्ले। परमप्रभुले तिनलाई समस्त देश देखाउनुभयो— गिलाददेखि दानसम्म,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशा मोआबको मैदानबाट यरीहोको वारिपट्टि भएको नेबो पर्वतको पिसगाको टाकुरामा उक्ले। त्यहाँ याहवेहले तिनलाई सम्पूर्ण देश, अर्थात् गिलाददेखि दानसम्म,
Nepali ERV (पवित्र बाइबल)
मोशा नेबो पर्वतमा चढे। मोशा मोआबमा यर्दन बेंसी भएर पस्गा पर्वतको टाकुरामा गए। यो यरीहोदेखि यर्दन नदी पारि हो। परमप्रभुले मोशालाई गिलाददेखि दानसम्मको सबै भूमि देखाउनु भयो।