Deuteronomy 34:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नूनको छोरो यहोशू बुद्धिले पूर्ण थिए किनभने मोशाले तिनलाई आफूपछि इस्राएलका अगुवा खटाएका थिए। इस्राएलका जनले यहोशूका आज्ञा माने अनि परमप्रभुले मोशाद्वारा दिनुभएका आज्ञाहरू तिनीहरूले पालन गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब नूनका छोरा यहोशू बुद्धिको आत्माले परिपूर्ण थिए, किनकि मोशाले आफ्ना हात तिनीमाथि राखेका थिए। तसर्थ, तिनको कुरा इस्राएलीहरूले सुने, र परमप्रभुले मोशालाई दिनुभएका आज्ञाहरू पालन गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब नूनका छोरा यहोशू बुद्धिका आत्माले भरिपूर्ण थिए। किनभने मोशाले तिनीमाथि आफ्ना हात राखेका थिए। यसकारण इस्राएलीहरूले यहोशूका कुरा सुने। अनि याहवेहले मोशालाई दिनुभएका आज्ञाहरू पालन गरे।
Nepali ERV (पवित्र बाइबल)
मोशाले यहोशूमाथि आफ्नो हात राखेका थिए अनि उनलाई नयाँ अगुवा नियुक्त गरे। तब नूनका छोरा यहोशू बुद्धिको आत्माले भरिए। यसकारण यहोशूले भनेको इस्राएलीहरूले मान्न थाले परमप्रभुले मोशालाई दिनु भएको आज्ञाहरू तिनीहरूले पालन गरे।