Deuteronomy 4:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मोशाले मानिसहरूलाई भने, “मैले सिकाएका सबै नियमहरू मान्‍यौ भने तिमीहरू बाँच्‍नेछौ र परमप्रभु तिम्रा पुर्खाका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देश अधीन गर्न सक्‍नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब हे इस्राएली हो, मैले तिमीहरूलाई सिकाउन लागेका विधिविधानहरूमा ध्‍यान लगाओ। ती पालन गर, र तिमीहरू जीवित रहनेछौ, र तिमीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देश अधिकार गर्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब हे इस्राएलीहरू हो, मैले तिमीहरूलाई सिकाउन लागेका उर्दीहरू र व्यवस्थाहरू सुन। त्यसअनुसार चल्यौ भने तिमीहरू बाँच्नेछौ। अनि याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने त्यस देशमा अधिकार गर्न सक्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
“अब, हे इस्राएलका हो! मैले सिकाएको विधिहरू तथा आदेशहरू सुन। तब तिनीहरू बाँच्नेछौ। तब तिमीहरू जान सक्छौ तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वर परमप्रभुले दिनु भएको भूमि अधिकारमा लिन सक्छौ।