Deuteronomy 4:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आकाशमा देखिने— घाम, जून र ताराहरूलाई पूजा वा सेवा गर्ने मोहमा नपर। परमप्रभु तिम्रा परमेश्‍वरले यी कुराचाहिँ अरू सबै जातिहरूलाई पुज्‍नको निम्‍ति दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आकाशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले सारा मानिस-जातिलाई दिनुभएको घाम, जून, तारा— सारा ग्रह-नक्षत्र देख्‍दा तीप्रति आकृष्‍ट भएर तिमीहरूले तिनीहरूको पूजा र सेवा नगर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरूले आकाशतिर हेर्दा घाम, जुन र ताराहरू सबै शक्तिहरू देख्यौ भने तिनीहरूका अगि ननिहुरनू। अनि याहवेह तिमीहरूका परमेश्‍वरले आकाशमुनि भएका सबै जातिहरूलाई दिनुभएका सबै चीजहरू पूजा गर्नलाई तिमीहरू नलोभिनू।
Nepali ERV (पवित्र बाइबल)
अनि सावधान होऊ कारण आकाशमा सूर्य, जून, ताराहरूलाई पूजा गर्न आकृष्ट नहोऊ। ती वस्तुहरूलाई पूजा नगर। परमप्रभु तिमीहरूका परमेश्वरले संसारमा त्यसो गर्ने अरू सबै जातिहरूलाई छोडदिनु भएको छ।