Deuteronomy 4:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर उहाँले दन्‍किरहेको भट्टीजस्‍तो मिश्रबाट उद्धार गर्नुभएको जाति तिमीहरू नै हौ। उहाँले तिमीहरूलाई आफ्‍नै प्रजा बनाउन त्‍यहाँबाट निकाली ल्‍याउनुभएको हो र तिमीहरू आज उहाँका प्रजा भएका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरूलाई चाहिँ परमप्रभुले लिएर फलामको भट्टीदेखि जस्‍तै मिश्रदेखि, तिमीहरू अहिले भएझैँ आफ्‍नो निज उत्तराधिकारी बनाउन निकाली ल्‍याउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरूका निम्ति याहवेहले तिमीहरूलाई अहिले भएजस्तै उहाँको उत्तराधिकारका मानिसहरू बन्‍न तिमीहरूलाई त्यस फलाम पगाल्ने भट्टीजस्तो इजिप्टबाट निकालेर ल्याउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभुले तिमीहरूलाई मिश्रबाट ल्याई आफ्नो विशेष मानिसहरू बनाउनु भएको छ। मानौं परमप्रभुले फलाम पगाल्नु जल्दै गरेको आगोको आरानबाट तिमीहरूलाई बाहिर निकाल्नु भयो अनि अहिले तिमीहरू उहाँका मानिसहरू बनिएका छौ।