Deuteronomy 4:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“धेरै दिनसम्म त्यस देशमा बास गरिसकेर छोरा-छोरी, नाति-नातिनाका धनी हुँदा पनि आफ्नो लागि कुनै प्रकारको मूर्ति बनाउने पाप नगर। त्यसो गर्नु परमप्रभुको दृष्टिमा दुष्ट्याइँ हुन्छ र त्यसले गर्दा उहाँ रिसाउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले छोराछोरी र नातिनातिना जन्माइसकेर त्यही देशमा धेरै वर्ष बसिसकेपछि पनि भ्रष्ट भएर कुनै वस्तुको आकृतिअनुसार प्रतिमा खोपेर परमप्रभु तिमीहरूका परमेश्वरको दृष्टिमा कुकर्म गरेर उहाँलाई क्रोधित तुल्यायौ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका छोराछोरी र नातिनातिना जन्मिसकेपछि र त्यस देशमा धेरै समय बसिसकेपछि, अर्थात् यदि तिमीहरू भ्रष्ट भएर कुनै किसिमका प्रतिमूर्ति बनायौ र याहवेह तिमीहरूका परमेश्वरको दृष्टिमा दुष्ट काम गरेर उहाँलाई रिस उठायौ भने,
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरू त्यहाँ धेरै समयसम्म रहनेछौ र त्यहाँ तिमीहरूको नानीहरू अनि नाता-नातिनहरू हुनेछन्। तिमीहरू नराम्रो काम गर्नु थाल्छौ। त्यहाँ तिमीहरूले नाना प्रकारको मूर्तिहरू बनाउनेछौ जसले परमप्रभुलाई रीस उठाउनेछ।