Deuteronomy 4:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका परमेश्‍वर परमप्रभुले तिमीहरूलाई मिश्रमा गर्नुभएअनुसार के कुनै देवताको एउटा जातिलाई अर्को जातिका माझबाट निकालेर आफ्‍ना नीज प्रजा बनाएका छन्? तिमीहरूकै आँखाअघि उहाँले आफ्‍ना महान् शक्ति र बल प्रयोग गर्नुभयो। उहाँले महामारी र लडाइँ ल्‍याउनुभयो, उदेक र अचम्‍मका कामहरू गर्नुभयो र डरलाग्‍दा कुराहरू गराउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मिश्रमा तिमीहरूका आँखाका अगि जाँच गरेर उदेकका चिन्‍हहरू र आश्‍चर्यकर्महरू देखाई युद्ध लड़ेर, आफ्‍नै बाहुबल र फैलिएको पाखुरा प्रयोग गरेर, भयानक आतङ्कद्वारा अर्को जातिबाट आफ्‍नो निम्‍ति एक जाति निर्माण गर्नुभएझैँ अर्को कुन ईश्‍वरले यस्‍तै गर्न प्रयत्‍न गर्नुभएको छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह तिमीहरूका परमेश्‍वरले इजिप्टमा तिमीहरूकै आँखाको सामु गर्नुभएका विपत्तिद्वारा, अलौकिक चिन्हहरूद्वारा, अद्‌भुत कार्यहरूद्वारा, चमत्कारद्वारा, युद्धद्वारा, शक्तिशाली हात र फैलिएको पाखुराद्वारा अथवा महान् र उदेकका कामहरूद्वारा के कुनै देवताले यी कार्यद्वारा अरू जातिहरूबाट आफ्ना निम्ति एउटा जातिलाई कहिल्यै लिएको छ?
Nepali ERV (पवित्र बाइबल)
अनि कतै अरू ईश्वरले अर्कै देशमा गएर आफ्नो निम्ति मानिसहरू ल्याउने चेष्टा गरेका छन्? कहिले पनि त्यस्तो गरेका छैनन्। तर तिमीहरू आफैंले परमप्रभु तिमीहरूका परमेश्वरलाई यी सब आश्चर्य कार्यहरू सम्पन्न गरेको देखेका छौ। उहाँले तिमीहरूलाई आफ्नो शक्ति प्रदर्शन गर्नु भयो। मानिसहरूले कष्ट अनुभव गरेको पनि तिमीहरूले देखेका छौ। तिमीहरूले अचम्मित अनि आश्चर्य कर्महरू तथा युद्ध अनि डरलाग्दा घट्नाहरू भएको पनि देखेका छौ।