Deuteronomy 4:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई शिक्षा दिनलाई उहाँले स्‍वर्गबाट आफ्‍नो सोर तिमीहरूलाई सुनाउनुभयो, यहाँ पृथ्‍वीमा उहाँले आफ्‍नो पवित्र आगो देखाउनुभयो र त्‍यसबाट तिमीहरूसित बोल्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूलाई अनुशासनमा राख्‍न उहाँले आकाशदेखि आफ्‍नो सोर सुनाउनुभयो, र पृथ्‍वीमा आफ्‍नो ठूलो अग्‍नि तिमीहरूलाई देखाउनुभयो। तिमीहरूले अग्‍निबाट उहाँका शब्‍दहरू सुन्‍यौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूलाई शिक्षा दिनलाई स्वर्गबाट उहाँले तिमीहरूलाई आफ्नो सोर सुन्‍न लगाउनुभयो। पृथ्वीमा उहाँले तिमीहरूलाई आफ्नो महान् आगो देखाउनुभयो र आगोको बीचबाट तिमीहरूले उहाँका शब्दहरू सुन्यौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूलाई शिक्षा दिनको निम्ति उहाँले स्वर्गबाट आफ्नो आवाज सुनाउनु भयो, पृथ्वीमा उहाँले तिमीहरूको अघि आगोमा देखिनु भयो अनि त्यहाँबाट बोल्नु भयो।