Deuteronomy 4:40 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले आज तिमीहरूलाई दिएका उहाँका सबै आज्ञाहरू पालन गर र तिमीहरू र तिम्रा सन्‍तानको भलो हुनेछ। परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूलाई सधैँको निम्‍ति दिनुभएको देशमा तिमीहरू बास गर्नेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आज मैले तिमीहरूलाई दिन लागेका उहाँका विधि र आज्ञाहरू पालन गर, र तिमीहरू र तिमीहरूका पछिका वंशको भलो होस्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले अनन्‍त कालसम्‍म दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले आज तिमीहरूलाई दिएका उहाँका उर्दीहरू र आज्ञाहरू पालन गर; ताकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सधैँका निम्ति दिनुभएको देशमा तिमीहरू र तिमीहरूका भावी सन्तानहरूलाई असल होस्।
Nepali ERV (पवित्र बाइबल)
आज मैले तिमीहरूलाई दिनु लागेको उहाँको आज्ञाहरू र विधिहरू तिमीहरूले पालन गर्नैपर्छ र तिमीहरूसँगै तिमीहरूका सन्तानको भलो हुनेछ। अनि परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमि सदा-सर्वदाको निम्ति तिमीहरूकै हुनेछ।”