Deuteronomy 4:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्वासी भई ती नियमहरू पालन गर र अरू जातिका मानिसहरूले तिमीहरू कति बुद्धिमान् रहेछौ भनी देख्नेछन्। यी सबै नियमहरू सुनेपछि तिनीहरूले भन्नेछन्, ‘यस महान् जातिसित कस्तो बुद्धि र समझशक्ति रहेछ!’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले ती मान र पालन गर, किनकि यसैबाट अरू जातिहरूका अगि तिमीहरूका बुद्धिमानी र समझको प्रचार हुनेछ। यी सबै विधिहरू सुनेर उनीहरूले भन्नेछन्, “अवश्य यस महान् जातिका मानिसहरू खूबै बुद्धिमान् र समझदार रहेछन्”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले ती होसियारीसाथ पालन गर; किनकि ती पालन गर्नाले जाति-जातिहरूले तिमीहरूका बुद्धि र समझशक्ति देख्नेछन्, र तिनीहरूले यी उर्दीहरू सुनेर भन्नेछन्, “वास्तवमै यो महान् जाति बुद्धिमान् र समझदार मानिसहरू रहेछन्।”
Nepali ERV (पवित्र बाइबल)
यी विधि-विधानहरू सावधानीपूर्वक पालन गर, यसो गर्नाले अन्य राष्ट्रहरूका मानिसहरूले तिमीहरूलाई ज्ञानी तथा बुज्जकी सम्झनेछन्। ती राष्ट्रहरूका मानिसहरूले यी विधि-विधानहरूको विषयमा सुन्नेछन्। ‘तब तिनीहरूले भन्नेछन्। साँच्चैनै यस राज्यका मानिसहरू ज्ञानी अनि बुज्जकी छन्।’