Deuteronomy 4:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[9-10] होशियार होओ! तिमीहरूले आफ्ना आँखाले जे देखेका छौ, त्यो आफू बाँचुञ्जेलसम्म नभुल्ने निश्चय गर। आफ्ना छोरा-छोरी र नाति-नातिनालाई सीनै पर्वतमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको अघि उभिएका दिनको बारेमा भन। त्यो दिन उहाँले मलाई यसो भन्नुभएको थियो, ‘मानिसहरूलाई भेला गर्। म चाहन्छु कि तिनीहरूले मेरा कुरा सुनून् र तिनीहरू बाँचुञ्जेलसम्म मेरा आज्ञा मान्न सिकून् र आफ्ना सन्तानलाई मेरो डर मान्न सिकाऊन्।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर होशियार बस र आफ्नो मनलाई सचेत राख, ताकि तिमीहरूले आँखाले देखेका कुराहरू नबिर्स र ती तिमीहरूको सारा जीवनभरि तिमीहरूको मनदेखि नहटून्। ती तिमीहरूका छोराछोरीहरू र नाति-नातिनाहरूलाई सिकाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केवल होशियार बस, र आफूलाई नियालेर हेर; ताकि तिमीहरू बाँचुन्जेल तिमीहरूका आँखाले देखेका कुराहरू नबिर्सिऊन् अथवा ती तिमीहरूका हृदयबाट हराएर नजाऊन्। ती आफ्ना छोराछोरीहरू र नातिनातिनाहरूलाई सिकाओ।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरू होशियारीसँग बस्नुपर्छ, जबसम्म तिमीहरू जीवित हुन्छौ तबसम्म तिमीहरूले देखेको कुरो बिर्सनु हुँदैन। तिमीहरूले यी चीजहरू तिमीहरूका छोरा-छोरी तथा नाता-नातिनाहरूलाई सिकाउनु पर्छ।