Deuteronomy 5:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर सातौँ दिन मलाई अर्पण गरेको विश्रामको दिन हो। त्‍यो दिन कसैले काम नगर्नू— तिमीहरू, तिम्रा छोरा-छोरीहरू, कमारा-कमारी, जीव-जन्‍तु, तिम्रा देशमा बास गर्ने विदेशी कसैले काम नगरोस्। तिम्रा कमारा-कमारीहरूले पनि तिमीहरूले झैँ विश्राम गर्नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति शबाथ हो। त्‍यसमा तिमीहरूले केही काम नगर्नू— आफ्‍ना छोराछोरी, कमारा-कमारी, गोरु, गधा कुनै पशुले सहरभित्र भएको परदेशीले पनि केही काम नगरोस्‌। आफ्‍ना कमारा र कमारीले तिमीहरूसँग विश्राम गरून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर सातौँ दिन याहवेह तेरा परमेश्‍वरका निम्ति शब्बाथ हो। यस दिन तैँले केही काम नगर्नू, न त तैँले, तेरा छोरा वा छोरीले, न तेरा सेवक वा सेविकाले, न त तेरा गोरुले, गधाले, वा तेरा कुनै पशुले, न तेरा सहरभित्र भएका परदेशीले, न त कसैले केही काम गर्नू, ताकि तँसँगै तेरा सेवक-सेविकाले आराम पाऊन्।
Nepali ERV (पवित्र बाइबल)
तर सातौं दिनमा परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विश्राम लिनुपर्छ र त्यस दिन तिमीहरूका छोरा-छोरी तथा नाता-नातिनी, कमारा-कमारीहरू अथवा तिमीहरूका शहरहरूमा बस्ने विदेशीहरूले पनि काम गर्नुहुदैन। तिमीहरूका कमारा-कमारीहरू पनि तिमीहरू झैं विश्राम लिनु पर्छ अनि यहाँसम्म कि तिमीहरूले पालेका गोरू, गधा तथा अरू पशुहरूलाई पनि काम लगाउनु हुँदैन।