Deuteronomy 5:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याद राख कि मिश्रमा तिमीहरू कमारा-कमारी थियौ र म परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो महान् शक्ति र बलले तिमीहरूलाई बचाइ ल्याएँ। त्यसैकारण म तिमीहरूलाई विश्रामको दिन मान्न आज्ञा गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू मिश्रमा कमारा हुँदा कसरी परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो बाहुबल र फैलिएको पाखुरा प्रयोग गरी तिमीहरूलाई निकालेर ल्याउनुभयो, सो याद राख। यसैकारण परमप्रभु तिमीहरूका परमेश्वरले शबाथ मान्न तिमीहरूलाई आज्ञा गर्नुभएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू इजिप्टमा दास हुँदा कसरी याहवेह तिमीहरूका परमेश्वरले आफ्नो शक्तिशाली हात र फैलिएको पाखुरा प्रयोग गरी तिमीहरूलाई निकालेर ल्याउनुभयो, सो याद राख। यसैकारण याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई शब्बाथ मान्न आज्ञा गर्नुभएको हो।
Nepali ERV (पवित्र बाइबल)
यो कहिल्यै नबिर्स तिमीहरू मिश्र देशमा कमारा थियौ र परमप्रभु तिमीहरूका परमेश्वरको आफ्नो शक्तिले तिमीहरूलाई यहाँ ल्याउनु भयो। उहाँले तिमीहरूलाई स्वतन्त्र बनाउनु भयो। यसकारण परमप्रभु तिमीहरूका परमेश्वरले विश्राम-दिनलाई एक विशेष दिनको रूपमा मान्नु भनी आज्ञा दिनुभएको छ।