Deuteronomy 5:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म तिम्रा परमेश्वर परमप्रभुले आज्ञा गरेअनुसार आ-आफ्ना आमा-बुबालाई आदर गर। त्यसो गरे, सबै कुरामा तिमीहरूलाई भलो हुनेछ र मैले तिमीहरूलाई दिन लागेको देशमा धेरै दिनसम्म बाँच्न सक्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु आफ्ना परमेश्वरले आज्ञा दिनुभएझैँ आफ्ना बुबा र आमालाई आदर गर्नू, र परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्, र त्यहाँ तिमीहरूको भलो होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले आफ्ना बुबा र आफ्नी आमालाई आदर गर्नू, जसरी याहवेह तेरा परमेश्वरले तँलाई आज्ञा दिनुभएको छ, ताकि याहवेह तेरा परमेश्वरले दिनुहुने देशमा तेरो आयु लामो होस् र तेरो भलो होस्।
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आफ्ना आमा-बाबुको आदर गर्नु भन्नु भएको छ। यदि तिमीहरूले उहाँको आज्ञा पालन गरे तिमीहरू धेरै दिनसम्म बाँच्नेछौ अनि परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको भूमिमा तिमीहरूको निम्ति प्रत्येक चीज असल हुनेछ।