Deuteronomy 5:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हामीले फेरि मृत्‍युको खतरा किन भोग्‍नु? त्‍यस डरलाग्‍दो आगोले हामीलाई भस्‍म पार्नेछ। फेरि हामीले परमप्रभु हाम्रा परमेश्‍वर बोल्‍नुभएको सुन्‍यौं भने हामी अवश्‍य मर्नेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब यति ठूलो अग्‍निमा भस्‍म भएर हामी किन मर्ने? यदि परमप्रभु हाम्रा परमेश्‍वरको सोर हामीले अझै सुन्‍यौं भनेता हामी मर्नेछौं!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अब हामी किन मरौँ? यस डरलाग्दो आगोले हामीलाई भस्म पार्नेछ। अनि यदि हामीले याहवेह हाम्रा परमेश्‍वरको सोर अझै सुन्यौँ भने हामी मर्नेछौँ।
Nepali ERV (पवित्र बाइबल)
तर यदि परमप्रभु हाम्रा परमेश्वर फेरि हामीहरूसित कुरा गरेको सुन्छौ हामी निश्चय मर्नेछौं। त्यो भयंकर आगोले हामीलाई ध्वंश पार्नेछ तर हामी मर्न चाहदैनौ।