Deuteronomy 6:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि तिमीहरूले अरू देवताहरूलाई पुज्‍यौ भने परमप्रभुको क्रोध आगोजस्‍तो तिमीहरूमाथि पर्नेछ किनभने तिमीहरूसँग बास गर्नुहुने तिम्रा परमप्रभु परमेश्‍वरले कुनै पनि विरोधीहरूलाई सहनुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तिमीहरूका बीचमा रहनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुनुहुन्‍छ। नत्रता परमप्रभु तिमीहरूका परमेश्‍वरको क्रोध तिमीहरूमाथि दन्‍कनेछ, र उहाँले तिमीहरूलाई पृथ्‍वीबाट नाश गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिमीहरूको बीचमा हुनुभएका याहवेह तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुनुहुन्छ। उहाँको रिस तिमीहरूका विरुद्धमा दन्किनेछ, र उहाँले तिमीहरूलाई पृथ्वीबाट नाश पार्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसितै बस्नु भएकाले यदि तिमीहरूले अरू ईश्वरहरू पूजा गर्छौ उहाँ रिसाउनु हुनेछ पृथ्वीमा तिमीहरूलाई ध्वंश पार्नु हुनेछ।