Deuteronomy 6:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे इस्राएलका मानिसहरू हो! ती नियमहरू सुन र मान। तब सबै कुरामा तिमीहरूको भलो हुनेछ र तिमीहरू एउटा प्रतापी जाति बन्‍नेछौ। परमप्रभु हाम्रा पुर्खाका परमेश्‍वरले प्रतिज्ञा गर्नुभएअनुसार तिमीहरू त्‍यस असल र मलिलो देशमा बास गर्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे इस्राएली हो, यी सबै पालन गर, ताकि तिमीहरूको भलो होस्, र परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने देशमा तिमीहरूको खूब वृद्धि पनि होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे इस्राएलीहरू हो, सुन र होसियारीसाथ पालन गर, ताकि तिमीहरूको भलो होस्। याहवेह, तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने देशमा तिमीहरूको वृद्धि होस्।
Nepali ERV (पवित्र बाइबल)
हे इस्राएलीहरू हो! ध्यान पूर्वक सुन अनि यी विधि-विधानहरू पालन गर। तब प्रत्येक चीज तिमीहरूको निम्ति असल रहनेछ र तिमीहरूका बाल-बच्चाहरू धेरै हुनेछन् अनि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरले प्रतिज्ञा गरे झैं तिमीहरूको भूमि धेरै असल कुराहरूले भरिएको हुनेछ।