Deuteronomy 7:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यदि तिमीहरूले यी आज्ञाहरू सुन्‍यौ र विश्‍वासी भई मान्‍यौ भने परमप्रभु तिम्रा परमेश्‍वरले आफ्‍नो करार तिमीहरूसित राखिराख्‍नुहुनेछ र तिम्रा पुर्खाहरूसित प्रतिज्ञा गरेअनुसार तिमीहरूलाई आफ्‍नो अटुट प्रेम देखाउनुहुनेछ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले यी विधिविधानहरू सुनेर पालन गर्‍यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसँगको प्रेमको करार पूरा गर्नुहुनेछ, जस्‍तो उहाँले तिमीहरूका पिता-पुर्खासँग प्रतिज्ञा गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूले यी व्यवस्थाहरूमा ध्यान दियौ, र यिनलाई होसियारीसाथ पालन गर्‍यौ भने याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका पितापुर्खाहरूसँग शपथ खानुभएको प्रेमको करार तिमीहरूसँग पूरा गर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“यदि तिमीहरूले ती विधि राम्ररी सुन्छौ अनि यदि अनुसरण गर्नमा होशियार हुन्छौ तब तिमीहरूका पिता-पुर्खाहरूसित तिमीहरूलाई प्रेम गर्छु भनी गरेको करार परमप्रभु तिमीहरूका परमेश्वरले अवश्यै पूरा गर्नु हुनेछ। 13उहाँ तिमीहरूलाई प्रेम गर्नु हुनेछ र आशीर्वाद दिनुहुनेछ अनि तिमीहरूको राष्ट्रलाई विकसित गराउनु हुनेछ।