Deuteronomy 7:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
संसारमा अरू कुनै जातिले तिमीहरूले झैँ प्रचुर आशिष् पाउनेछैन। तिमीहरू कोही पनि अपुताली हुनेछैनौ। तिमीहरूका गाई-वस्‍तु कुनै पनि थारा हुनेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू अरू मानिसहरूभन्‍दा ज्‍यादै आशीर्वादी हुनेछौ। तिमीहरूका पुरुष वा स्‍त्रीहरूमध्‍ये कोही पनि निस्‍सन्‍तान हुनेछैन न त पशुहरूमध्‍ये कुनै पनि बैला हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू अरू जातिहरूभन्दा धेरै आशिषित हुनेछौ। तिमीहरूका कुनै पुरुष वा स्त्री निःसन्तान हुनेछैनन्, न त तिमीहरूका गाईबस्तु थारो हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“अरू मानिसहरूले भन्दा तिमीहरूले बढी आशीर्वाद पाउनेछौ। प्रत्येक पति-पत्नी नानी जन्माउन योग्य हुनेछन्। गाईहरूले बाछा-बाछीहरू बियाउने योग्य हुनेछन्।