Deuteronomy 7:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु तिम्रा परमेश्वरले तिम्रा हातमा दिनुभएको हरेक जातिलाई नाश पार, तिनीहरूलाई केही दयामाया नदेखाओ। तिनीहरूका देवताहरूलाई नपूज, त्यसो गरेनौ भने मर्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका हातमा दिनुहुने सबै जातिलाई तिमीहरूले नाश गर्नू, उनीहरूलाई नटिठ्याउनू। उनीहरूका देवताहरूको सेवा नगर्नू, किनभने त्यही नै तिमीहरूलाई फसाउने पासो हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले तिमीहरूलाई सुम्पिदिनुभएका सबै मानिसहरूलाई तिमीहरूले नाश गर्नुपर्छ। तिनीहरूमाथि दया नदेखाउनू र तिनीहरूका देवी-देवताहरूको सेवा नगर्नू। किनकि त्यो त तिमीहरूका निम्ति पासो हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले ती सबै मानिसहरूलाई ध्वंश पार्नुपर्छ जसमा परमप्रभुले परास्त गर्नमा सहायता गर्नु हुनेछ। तिनीहरूको निम्ति शोक नगर, तिनीहरूका देवताहरूको पूजा नगर। किन? किनभने तिनीहरू पासो हुन्, तिनीहरूले तिमीहरूको जीवन नष्ट पार्नेछन्।