Deuteronomy 7:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूकै आँखाले देखेका डरलाग्दा महामारी, उदेक र अचम्मका कामहरू र महान् शक्ति र बलले परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई छुटकारा दिनुभएको सम्झ। जसरी उहाँले मिश्रीहरूलाई नाश गर्नुभयो, त्यसरी नै यी जातिहरूलाई उहाँले नाश गर्नुहुनेछ, जससँग अहिले तिमीहरू डराएका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ठूला-ठूला सङ्कष्टहरू, अचम्मका चिन्हहरू, आश्चर्यकर्म, र आफ्नो बाहुबल र फैलिएको पाखुरा प्रयोग गरेर तिमीहरूलाई निकाली ल्याउनुभएको त्यहाँ तिमीहरू आफैले देखेका थियौ— त्यसरी नै परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू अहिले डराएका ती सबै जातिसँग पनि गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह तिमीहरूका परमेश्वरले ठूला-ठूला सङ्कष्टहरू, अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू, शक्तिशाली हात र फैलिएको पाखुराद्वारा तिमीहरूलाई निकालेर ल्याउनुभएको तिमीहरूले आफ्नै आँखाले देखेका थियौ। यसरी नै याहवेह तिमीहरूका परमेश्वरले तिमीहरू अहिले डराएका सबै जातिहरूलाई त्यस्तै गर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले परमप्रभुले तिनीहरूलाई दिनुभएका कष्टहरू देख्यौ। उहाँले गर्नु भएका अचम्मका चीजहरू तिमीहरूले देख्यौ। तिमीहरूले परमप्रभुले तिमीहरूलाई मिश्रबाट ल्याउनमा उपयोग गरेको ठूलो सामर्थ्य र शक्ति देखेका छौ। परमप्रभु तिमीहरूका परमेश्वरले त्यही सामर्थ्य मानिसहरूको विरोधमा प्रयोग गर्नु हुनेछ जसले तिमीहरूलाई भयभीत पार्छन्।