Deuteronomy 7:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब परमप्रभु तिम्रा परमेश्‍वरले ती जातिहरूलाई तिम्रा हातमा पार्नुहुनेछ र तिमीहरूले तिनीहरूलाई जित्‍नेछौ, तिनीहरू सबैलाई तिमीहरूले नाश गर्नू। तिनीहरूसित मित्रता र दयामाया नगर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि जब परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूको अधीनमा पारिदिनुहुन्‍छ र तिमीहरूले उनीहरूलाई परास्‍त गरेका हुन्‍छौ, तब तिमीहरूले उनीहरूलाई सम्‍पूर्ण नाश गर्नू। तिमीहरूले उनीहरूसित सम्‍झौता नगर्नू। उनीहरूलाई नटिठ्याउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जब याहवेह तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूका अधीनमा पारिदिनुहुन्छ र तिमीहरूले उनीहरूलाई परास्त गर्छौ, तब तिमीहरूले उनीहरूलाई सम्पूर्ण रूपले नाश पार्नू। उनीहरूसँग सम्झौता नगर्नू, र उनीहरूलाई दया नदेखाउनू।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु तिमीहरूका परमेश्वरले यी जातिहरूलाई तिमीहरूको अधीनमा राख्नु हुनेछ अनि तिमीहरूले उनीहरूलाई जित्नेछौ। तिमीहरूले उनीहरूलाई सम्पूर्ण नष्ट पार्ने छौ। तिनीहरूसित कुनै सम्झौता नगर, तिनीहरूप्रति दया नदेखाऊ।