Deuteronomy 7:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका मूर्तिहरू जलाइदेओ। तिनीहरूमा भएका सुन वा चाँदीका लालच नगर, ती आफ्‍नै लागि तिमीहरूले नलैजाओ। त्‍यसो गर्‍यौ भने तिमीहरू मर्नेछौ किनभने परमप्रभुले मूर्तिपूजा घिन गर्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूका देवताहरूका मूर्तिहरू तिमीहरूले आगोमा जलाइदिनू। मूर्तिमा भएका सुन र चाँदीको लालच गरेर आफ्‍नो निम्‍ति नलिनू, किनकि त्‍यही नै तिमीहरूका निम्‍ति फन्‍दा हुनेछ। किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति यो घृणित कुरो हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले तिनीहरूका देवी-देवताहरूको मूर्तिहरूलाई आगोमा जलाइदिनू। तिनीहरूसँग भएका चाँदी र सुनको लालच नगर्नू। अनि ती तिमीहरूले आफ्नै लागि नलिनू, नत्रता तिमीहरू त्यसद्वारा पासोमा पर्नेछौ। किनकि याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति त्यो घृणित कुरा हो।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूले तिनीहरूका देव-देवताको मूर्तिहरू आगोमा फ्याँकि दिनु पर्छ अनि जलाएर नष्ट परिदिनु पर्छ। तिमीहरूले ती मूर्तिहरूमा रहेको सुन अथवा चाँदी राख्नु हुँदैन। त्यसले तिमीहरूको जीवनमा ध्वंश पार्नेछ, कारण परमप्रभु तिमीहरूका परमेश्वरले मूर्तिहरू मन पराउनु हुँदैन।