Deuteronomy 7:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभयो र तिम्रा पुर्खासित गर्नुभएको उहाँको प्रतिज्ञा पूरा गर्न चाहनुहुन्‍थ्‍यो। त्‍यसैकारण आफ्‍नो महान् शक्तिले उहाँले तिमीहरूलाई बचाउनुभयो र मिश्रको राजाको दासत्‍वदेखि छुटकारा दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएको कारणले, र उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नलाई नै तिमीहरूलाई परमप्रभुले आफ्‍नो बाहुबलद्वारा निकाली ल्‍याउनुभयो, र मिश्रका राजा फारोको हातबाट, दासत्‍वको देशबाट छुटकारा दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर याहवेहले तिमीहरूलाई प्रेम गर्नुभएको कारण र उहाँले तिमीहरूका पितापुर्खाहरूसँग शपथ खानुभएको कारण, यसकासाथै उहाँको महान् शक्तिद्वारा तिमीहरूलाई दासत्वको देश इजिप्टको राजा फारोको शक्तिबाट छुटकारा दिएर निकालेर ल्याउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभुले तिमीहरूलाई आफ्नो महान् शक्तिद्वारा मिश्र देशबाट बाहिर निकाल्नु भयो, तिनीहरूको दासत्वबाट मुक्त गराउनु भयो र मिश्र देशका राजा फिरऊनको नियन्त्रणबाट तिमीहरूलाई स्वतन्त्र बनाउनु भयो। किन? किनभने परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरूका पिता-पुर्खाहरूसंग गरेको प्रतिज्ञा पूर्ण गर्नलाई यस्तो गर्नु भयो।