Deuteronomy 8:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मैले आज तिमीहरूलाई दिएका सबै नियमहरू विश्वासयोग्यसाथ पालन गर र तिमीहरू बाँचिरहन सक्नेछौ, तिमीहरूको सङ्ख्या बढ्नेछ र परमप्रभुले तिम्रा पुर्खालाई प्रतिज्ञा गर्नुभएको देश तिमीहरूले अधीन गर्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिमीहरूलाई आज दिएका सबै आज्ञा होशियारीसाथ मान, कि तिमीहरू जीवित रहन र संख्यामा बढ्न सक, र गएर परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशलाई अधिकार गर्न सक।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले आज तिमीहरूलाई दिइरहेका हरेक आज्ञालाई होसियारीसाथ पालन गर, ताकि तिमीहरू जीवित रहन सक, र वृद्धि हुन सक। अनि याहवेहले तिमीहरूका पितापुर्खाहरूसँग शपथद्वारा प्रतिज्ञा गर्नुभएको देशमा प्रवेश गर्न सक; र त्यस देशमा अधिकार गर्न सक।
Nepali ERV (पवित्र बाइबल)
“आज म जुन आज्ञाहरू दिइरहको छु ती सब तिमीहरूले पालन गर्नुपर्छ तब मात्र तिमीहरू महान् राष्ट्रमा विकास हुन सक्छौ। परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई वचन दिनु भएको भूमि तिमीहरूले पाउनेछौ।