Deuteronomy 8:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले तिमीहरूलाई विषालु साँप र बिच्‍छीहरू भएका ठूला र डरलाग्‍दा उजाड-स्‍थानदेखि डोर्‍याएर ल्‍याउनुभयो। त्‍यस सुख्‍खा र पानी नभएका देशमा उहाँले तिमीहरूको लागि कडा चट्टानबाट पानी निकाल्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिमीहरूलाई विषालु सर्प र बिच्‍छीहरू भएको, निर्जल र रूखो भूमि भएको विशाल र भयानक उजाड़-स्‍थानको बीचमा डोर्‍याउनुभयो। उहाँले तिमीहरूका निम्‍ति चट्टानबाट पानी निकाल्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिमीहरूलाई विशाल र डरलाग्दो उजाडस्थानद्वारा त्यस सुक्खा र पानीविनाको भूमिबाट अनि विषालु सर्पहरू र बिच्छीहरू भएको ठाउँबाट डोर्‍याउनुभयो। उहाँले तिमीहरूका निम्ति त्यस कडा चट्टानबाट पानी निकाल्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले तिमीहरूलाई सर्प र बिच्छीहरूले भरिएको सूखा मरूभूमि हुँदै ल्याउनु भयो। त्यस ठाउँमा पानी थिएन। यसकारण उहाँले तिमीहरूका लागि ढुङ्गाहरूबाट पानी निकाल्नु भयो।