Deuteronomy 8:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उजाड-स्‍थानमा उहाँले तिमीहरूलाई खानलाई मन्‍न दिनुभयो, त्‍यो भोजन तिम्रा पुर्खाहरूले कहिल्‍यै खाएका थिएनन्। तिमीहरूलाई जाँच्‍न उहाँले तिमीहरूलाई दु:ख-कष्‍ट दिनुभयो र अन्‍तमा सबै असल कुराहरूले तिमीहरूलाई आशिषित तुल्‍याउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्‍त्‍यमा तिमीहरूको भलो होस्‌ भनेर उजाड़-स्‍थानमा तिमीहरूका पुर्खालाई थाहा नभएको मन्‍न खुवाएर उहाँले तिमीहरूलाई नम्र तुल्‍याउनुभयो र जाँच्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अन्त्यमा उहाँले तिमीहरूलाई सबै अशल कुराहरू दिन सक्नुभएको होस् भनेर उहाँले तिमीहरूलाई नम्र बनाउन र जाँच गर्न तिमीहरूका पितापुर्खाहरूले कहिल्यै नजानेका मन्‍न उजाडस्थानमा खानलाई दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
मरूभूमिमा परमप्रभुले तिमीहरूलाई मन्न खुवाउनु भयो, त्यो यस्तो चीज हो जुन तिमीहरूका पिता-पुर्खाहरूले पनि देखेका थिएनन् परमप्रभुले तिमीहरूको परीक्षा लिनु भयो। किन? किनभने अन्तमा गएर तिमीहरूको निम्ति प्रत्येक चीज नै असल होस् भनी परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो।