Deuteronomy 8:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु आफ्ना परमेश्वरलाई कहिल्यै नभुल, अरू देवताहरूको पूजा र सेवा गर्नलाई तीपट्टि नलाग। म आज चेतावनी दिँदछु कि तिमीहरूले त्यसो गर्यौ भने तिमीहरू निश्चय नष्ट हुनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म आज तिमीहरूलाई यो कड़ा चेताउनी दिँदैछु, कि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्स्यौ र अन्य देवताहरूका पछि लागेर तिनीहरूको आराधना र पूजा गर्यौ भने, तिमीहरू अवश्य नष्ट हुनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कुनै दिन तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरलाई बिर्सेर अरू देवी-देवताहरूलाई पछ्याएर तिनीहरूलाई पूजा गर्यौ र तिनीहरूको सामु निहुर्यौ भने म आज तिमीहरूको विरुद्धमा साक्षी दिन्छु; तिमीहरू निश्चय नै नष्ट हुनेछौ।
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभु तिमीहरूको परमेश्वरलाई र्नबिस। अन्य देवताहरूको पूजा तथा आराधना नगर, तिनीहरूलाई अनुशरण नगर। यदि त्यसो गर्यौ भने म चेताउनी दिन्छु तिमीहरू निश्चय ध्वंश हुनेछौ।