Deuteronomy 8:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू अघि बढेर जाँदा उहाँले जाति-जातिलाई नाश गर्नुहुनेछ। तिमीहरूले परमप्रभुको आज्ञा मानेनौ भने उहाँले तिमीहरूलाई त्‍यही प्रकारले नाश गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन पालन गरेनौ भने, तिमीहरूलाई पनि परमप्रभुले तिमीहरूकै अगि नाश गर्नुभएका जातिहरूझैँ नाश गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूकै सामु याहवेहले जातिहरूलाई नाश गर्नुभएझैँ, तिमीहरूले पनि याहवेह तिमीहरूका परमेश्‍वरको आज्ञापालन नगरेको कारण नष्‍ट हुनेछौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूको निम्ति परमप्रभुले अन्य राष्ट्रहरू ध्वंश पार्नुहुँदैछ र यदि तिमीहरूले अरू देवता माने तिमीहरूलाई पनि तिनीहरूलाई जस्तै ध्वंश पारिने छ। किन? किनभने तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई मान्नु छाड्यौ।”