Deuteronomy 8:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले तिमीहरूलाई भोका तुल्‍याउनुभयो र त्‍यसपछि खानलाई मन्‍न दिनुभयो, जुन भोजन तिमीहरू र तिम्रा पुर्खाहरूले अघि कहिल्‍यै खाएका थिएनन्। मानिसले बाँच्‍नलाई रोटीमा मात्र भर पर्नुहुन्‍न तर परमप्रभुको हरेक वचनमा भर पर्नुपर्छ भनी तिमीहरूलाई सिकाउन उहाँले त्‍यसो गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिमीहरूलाई नम्र बनाउन भोकले पीडित तुल्‍याउनुभयो, अनि तिमीहरूलाई मन्‍न खुवाउनुभयो, जसको बारेमा तिमीहरूलाई र तिमीहरूका पिता-पुर्खाहरूलाई थाहै थिएन। मानिस भोजनले मात्र होइन, तर परमप्रभुको मुखबाट निस्‍केको प्रत्‍येक वचनले जिउँछ भन्‍ने कुरो बुझाउनलाई यसो गर्नुभएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिमीहरूलाई नम्र तुल्याउन भोकाउन दिनुभयो। त्यसपछि मन्‍न खुवाउनुभयो; जसलाई न तिमीहरूले, न त तिमीहरूका पितापुर्खाहरूले नै जानेका थिए। मानिस भोजनले मात्र जीवित रहँदैन, तर याहवेहको मुखबाट निस्केको हरेक वचनले जीवित रहन्छ भनेर सिकाउनलाई त्यसो गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो अनि तिमीहरूलाई भोक लाग्न दिनु भयो। तब परमप्रभुले मन्न केही यस्तो चीज जो तिमीहरूले पहिले कहिल्यै जानेका थिएनौ खुवाउनु भयो। यो तिमीहरूका पिता-पुर्खाहरूले नै कुनै दिन देखेका थिएनन्। परमप्रभुले किन यसो गर्नु भयो? किनभने उहाँ तिमीहरूलाई बताउन खोज्नु हुन्थ्यो मानिसहरू भोजनले मात्र बाँच्दैन, मानिसहरू परमप्रभुले बताएको कुराहरूमाथि पनि आधारित हुन्छन्।