Deuteronomy 9:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे इस्राएलका मानिसहरू हो! सुन! आज तिमीहरूले यर्दन नदी पार गर्न आँटेका छौ र तिमीहरूभन्दा ठूला शक्तिशाली जातिहरूका देशलाई अधीनमा लिन आँटेका छौ। तिनीहरूका सहरहरू ठूला-ठूला र तिनमा लाएका अग्‍ला-अग्‍ला पर्खालहरू आकाश छुने छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे इस्राएली हो, सुन, तिमीहरूभन्‍दा महान्‌ र शक्तिशाली जातिहरू, र आकाश छुने पर्खाल लाएका ठूला-ठूला सहरहरू अधिकार गर्न तिमीहरू आज यर्दन पारि जान लागेको छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुन, इस्राएली हो! आज तिमीहरू यर्दन नदी पार गर्नेछौ। तिमीहरूभन्दा महान् र शक्तिशाली, आकाशसम्म छुने अग्ला पर्खाल भएका ठूला सहरहरूमा रहेका जातिहरूलाई तिमीहरूले अधिकार गर्न लागेका छौ।
Nepali ERV (पवित्र बाइबल)
“हे इस्राएली मानिसहरू हो, सुन! आज तिमीहरू यर्दन नदी तरेर तिमीहरूभन्दा शक्तिशाली र महान् राष्ट्रहरूलाई तिनीहरूको भूमिबाट निकाल्न जाँदैछौ। तिनीहरूका शहरहरू ठूला-ठूला र आकाश समान अग्ला-अग्ला पर्खाल छन्।