Deuteronomy 9:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुले मलाई ती दुईवटा ढुङ्गाका पाटीहरू दिनुभयो, जसमा उहाँले आफ्नै हातले त्यस दिन तिमीहरूलाई भन्नुभएका कुराहरू लेख्नुभएको थियो। त्यस दिन तिमीहरू पर्वतमा भेला भएका बेलामा उहाँले आगोबाट ती कुराहरू बोल्नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुले परमेश्वरका हातले लेख्नुभएका दुई वटा शिला-पाटी मलाई सुम्पनुभयो। पर्वतमाथि अग्निको बीचबाट सभाको दिनमा परमप्रभुले दिनुभएका सबै आज्ञा तिनमा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मलाई आफ्नो औँलाले खोपेर लेख्नुभएका ढुङ्गाका दुई वटा पाटीहरू दिनुभयो। ती पाटीहरूमा याहवेहले पर्वतमा आगोबाट तिमीहरूलाई सभाको दिनमा घोषणा गर्नुभएका सबै आज्ञाहरू लेखिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
ती शिला-पाटीमा आफ्नै औंलाले तिमीहरू जुन दिन पर्वतमा सँगै भेला भएका थियौ त्यसदिन उहाँले तिमीहरूलाई आगोद्वारा भन्नु भएका सबै आज्ञाहरू लेख्नु भयो।