Deuteronomy 9:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई रोक्‍ने चेष्‍टा नगर्‌। म तिनीहरूलाई नाश गर्न चाहन्‍छु र अब उसो तिनीहरूको सम्‍झना मेटिनेछ र म तँलाई यिनीहरूभन्दा ठूलो र शक्तिशाली जातिको पिता बनाउनेछु।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब मलाई एकलै छोड़िदे, र म तिनीहरूलाई नाश गर्नेछु, र तिनीहरूको नाउँ स्‍वर्गमुनिबाट मेटिदिनेछु। अनि तँबाट नै तिनीहरूभन्‍दा शक्तिशाली र बढ़ी संख्‍याको जाति बनाउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई एकलै छाडिदे, ताकि म तिनीहरूलाई नाश गरूँ। म तिनीहरूका नाम आकाशमुनिबाट मेटिदिनेछु। अनि म तँलाई नै तिनीहरूभन्दा शक्तिशाली र ठूलो संख्याको जाति बनाउनेछु।”
Nepali ERV (पवित्र बाइबल)
मलाई यी मानिसहरू नष्ट पार्न दिइयोसू जसले गर्दा म तिनीहरूको नाउँ स्वर्गबाट मेटाउन सकूँ। त्यसपछि म तिमीहरूलाई तिनीहरूभन्दा महान् र धेरै शक्तिशाली राष्ट्र बनाउनेछु।