Deuteronomy 9:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यसकारण ती करार लेखिएका ढुङ्गाका दुईवटा पाटीहरू बोकेर म फेरि पर्वतबाट झरें। त्यस बेला पर्वतबाट आगोको ज्वाला निस्किरहेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब म पर्वतबाट तल ओर्लें। त्यस बेला पर्वत अग्निले बलिरहेको थियो, र करारका दुई पाटी मेरा दुई हातमा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म फर्केँ, र पर्वत आगोले जलिरहेकै बेला त्यहाँबाट तल ओर्लेर आएँ। अनि करारका ती दुई ढुङ्गाका पाटीहरू मेरा हातमै थिए।
Nepali ERV (पवित्र बाइबल)
“पर्वत जलिरहेको थियो, करार लेखिएको दुइवटा शिला-पाटीहरू मेरो हातमा थियो। म पर्वतबाट तल ओर्लिएँ मैले हेरें।