Deuteronomy 9:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले देखें कि तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुभएका आज्ञा तोडिसकेका रहेछौ र बाछोको रूपको एउटा धातुको मूर्ति आफ्‍नो निम्‍ति बनाएर उहाँको विरुद्धमा पाप गरिसकेका रहेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा पाप गरेर आफ्‍ना निम्‍ति बाछाको ढलौटे मूर्ति बनाएका मैले देखें। परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको मार्गबाट तिमीहरू यति छिट्टै तर्केर गएथ्‍यौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मैले हेरेँ, तब तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको विरुद्धमा पाप गरेका देखेँ। तिमीहरूले आफ्ना निम्ति बाछाको आकारमा एउटा मूर्ति बनाएका थियौ। याहवेहले दिनुभएको आज्ञाबाट तिमीहरू चाँडै तर्किगएका थियौ।
Nepali ERV (पवित्र बाइबल)
अनि मैले देखे कि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको विरूद्ध पाप काम गरिरहेका थियौ। तिमीहरूले सुन पगालेर बाछोको मूर्ति बनाएको देखें। तिमीहरूले यति चाँडै परमप्रभुको आज्ञा पालन गर्न छाड्यौ।