Deuteronomy 9:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले बनाएको त्यो पापको वस्तु— धातुको बाछो— मैले लिएर आगोमा फ्याँकिदिएँ। त्यसपछि त्यसलाई मैले टुक्रा-टुक्रा पारेर फुटाएँ, पिंधेर धुलो पारें र पहाडबाट बहेर आएको खोलामा त्यो धुलो फालिदिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि मैले तिमीहरूको त्यो पापमय वस्तु, तिमीहरूले बनाएको त्यो बाछो लिएर आगोमा जलाइदिएँ र त्यसलाई चकनाचूर पारेर धूलोपीठो बनाएँ, र त्यो धूलो पर्वतबाट झर्ने खोलामा फालिदिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिमीहरूको त्यो पापपूर्ण वस्तु, तिमीहरूले बनाएका बाछा पनि लिएँ, र त्यसलाई आगोमा जलाइदिएँ। त्यसपछि मैले त्यसलाई कुच्च्याएर धुलोपिठो पारिदिएँ। अनि त्यस धुलोलाई पहाडबाट बगिरहेको खोलामा बगाइदिएँ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले बनाएको भयानक बाछाको मूर्ति मैले आगोमा जलाए, टुक्रा-टुक्रा पारेर धुलो बनाएँ अनि त्यसपछि पर्वतबाट बगेर आएको खोलामा बगाई दिएँ।