Deuteronomy 9:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि उहाँले दिँदै गर्नुभएको देश अधीनमा लिनू भन्‍ने आज्ञा दिएर जब उहाँले तिमीहरूलाई कादेश-बर्नेबाट पठाउनुभयो, तिमीहरूले उहाँको विरुद्धमा विद्रोह गर्‍यौ, उहाँमाथि भरोसा गरेनौ र आज्ञा मानेनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुले तिमीहरूलाई कादेश-बर्नेबाट यसो भनेर पठाउनुभयो, “गएर मैले तिमीहरूलाई दिएको देश अधिकार गर।” तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञाको विरोध गर्‍यौ, र तिमीहरूले उहाँमाथि भरोसा राखेनौ, र उहाँको कुरा पनि मानेनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याहवेहले तिमीहरूलाई कादेश-बर्नेबाट पठाउनुहुँदा उहाँले भन्‍नुभयो, “माथि उक्लेर जाओ, र मैले तिमीहरूलाई दिएको देशमा अधिकार गर।” तर तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरको आज्ञाको विरुद्धमा विद्रोही भयौ। तिमीहरूले उहाँमाथि भरोसा राखेनौ, र उहाँको आज्ञापालन गरेनौ।
Nepali ERV (पवित्र बाइबल)
अनि जब परमप्रभुले तिमीहरूलाई कादेशबर्ने छोड्ने आज्ञा दिनु भएको थियो तर तिमीहरू मानेनौ। उहाँले भन्नुभएको थियो, ‘जाऊ, मैले दिएको भूमि लेऊ।’ तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गरेनौ। तिमीहरूले उहाँलाई अविश्वास गर्यौ अनि उहाँको आज्ञा मानेनौ।