Deuteronomy 9:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र मैले प्रार्थना गरें, ‘सार्वभौम पराक्रमी परमप्रभु! आफ्ना निज प्रजालाई नाश नपार्नुहोस्, जसलाई तपाईंले आफ्ना महान् शक्ति र बलले मिश्रदेखि निकाली ल्याउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले परमप्रभुलाई प्रार्थना गरेर भनें, “हे परमप्रभु परमेश्वर, तपाईंले आफ्नो ठूलो शक्तिद्वारा छुटाएर शक्तिशाली बाहुबलद्वारा मिश्रबाट निकालेर ल्याउनुभएको आफ्नो प्रजा र आफ्नो निज उत्तराधिकारलाई नाश नगर्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले याहवेहलाई प्रार्थना गरेर भनेँ, “हे प्रभु याहवेह, तपाईंले आफ्नो महान् शक्तिले छुटाउनुभएको र शक्तिशाली हातले इजिप्टबाट निकालेर ल्याउनुभएको आफ्ना जाति र आफ्ना निज उत्तराधिकारलाई नाश नगर्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
मैले परमप्रभुलाई प्रार्थना गरेर भनें, ‘हे परमप्रभु मेरा मालिक! यी मानिसहरूलाई तपाईंले मिश्र देशबाट आफ्नो पराक्रम तथा शक्तिमा छुटाएर ल्याउनु भयो। यिनीहरू तपाईंका आफ्ना मानिसहरू हुन र यिनीहरूलाई नष्ट नगर्नुहोस्।