Ecclesiastes 10:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोज खाँदा आनन्द हुन्छ र मद्यले मन खुसी पार्छ। बिनापैसा कुनै एक थोक पनि पाइँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खुशीयालीको लागि भोज तयार गरिन्छ, र दाखमद्यले जीवनलाई आनन्दित तुल्याउँछ। तर, पैसाले नै हर कुरा सुल्झाउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोज खुशीयालीको लागि तयार गरिन्छ; दाखमद्यले जीवनलाई आनन्दित गराउँछ; र पैसाले यी सबै थोक दिन्छ।
Nepali ERV (पवित्र बाइबल)
मानिस भोजनमा आनन्द लिन्छन् अनि दाखरसले जीवन अझै आनन्दित बनाउँछ। तर धनले नै सबै समस्या सुल्झाउँदछ।