Ecclesiastes 10:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाको निन्‍दा नगर, यो मनमा पनि नसोच। सुत्‍ने कोठामा धनी मानिसलाई नसराप। चराले खबर लगेर तिम्रा कुरा तिनीहरूलाई सुनाइदेला।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो सोचाइमा पनि राजाको निन्‍दा नगर, अथवा धनीलाई आफ्‍नो कोठामा नसराप। किनकि आकाशको पक्षीले तिम्रो कुरा लैजाला, र उड़िरहेको चराले तिमीले भनेको कुरा बताइदेला।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजालाई आफ्ना मनमा समेत निन्दा नगर; अथवा आफ्ना सुत्ने कोठामा धनी मानिसलाई नसराप! किनकि आकाशका पक्षीले समेत तिमीले गरेका कुरा लगिदेला, र त्यो उड्ने पक्षीले तिमीले भनेका कुरा सुनाइदेला।
Nepali ERV (पवित्र बाइबल)
राजाको निन्दा नगर अनि महानुभाव र सम्पन्न मानिसहरूको बारेमा पनि निन्दा नगर। चाहे तिमी आफ्नो घरमा एक्लै किन नहोऊ, नराम्रो कुरै नगर। किन? किन कि कुनै एउटा सानो चरो उडेर गएर तिमीले भनेका सबै कुरा तिनीहरूलाई सुनाइदेला।