Ecclesiastes 11:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रूख जतैतिर ढलोस्, त्‍यो त्‍यहीँ लडिरहन्‍छ। बादल पानीले भरियो भने त्‍यसले वर्षा ल्‍याउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बादल पानीले पूर्ण भयो भने त्‍यसले जमिनमा पानी बर्साउँछ। रूख दक्षिणमा ढल्‍यो भने पनि अथवा उत्तरमा ढल्‍यो भने पनि त्‍यो जहाँ ढलेको छ त्‍यहीँ नै पड़िरहन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि बादलहरू पानीले भरिएका छन् भने मात्र तिनीहरूले पृथ्वीमा पानी बर्साउँछन्। रूख चाहे दक्षिणपट्टि वा उत्तरपट्टि ढलोस्, त्यो ढलेकै ठाउँमा लडिरहन्छ।
Nepali ERV (पवित्र बाइबल)
कति कुरा यस्ता छन् जस बारे तिमी निश्चिन्त रहन सक्छौ। बादल पानीले पूर्ण छ भने धर्तीमा वर्षा हुन्छ। एउटा रूख उत्तरपट्टि दशिण पट्टि, जता ढले पनि त्यही तेर्सिरहन्छ।