Ecclesiastes 12:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला तिमीलाई रक्षा गर्दैल्याउने तिम्रा पाखुरा थरथरी काम्नेछन् र तिम्रा बलिया खुट्टाहरू कमजोर हुनेछन्। तिम्रा दाँत झर्नेछन् र तिमीलाई खानेकुरा चपाउन साह्रो हुनेछ र तिम्रा आँखाले राम्ररी देख्न छोड्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब घरको हेरचाह गर्नेहरू काम्दछन् र बलिया मानिसहरू झुक्छन्, जब जाँतो पिँध्ने स्त्रीहरू कम भएकाले आफ्नो काम बन्द गर्छन् र झ्यालबाट हेर्नेहरूका आँखा धमिला हुन्छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब घरको हेरचाह गर्नेहरू काम्दछन्, र बलिया मानिसहरू कुप्रो पर्छन्, जाँतोका दाँतहरू झरेर कम भएका कारण जाँतो पिँध्नेहरूले काम बन्द गर्दछन्, र झ्यालबाट हेर्नेहरूका आँखा धमिला हुन्छन्;
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला तिम्रा पाखुराहरू कमजोर बन्छन्। तिम्रा पाउहरू लुला र बाङ्गा बन्छन्। तिम्रा दाँतहरू झर्छन् र तिमी आफ्नो खाना समेत चबाएर खान नसक्ने हुन्छौ। आँखाले सफासित देख्दैनौ।