Ecclesiastes 12:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अग्ला ठाउँदेखि तिमी डराउनेछौ र हिँड्दा तिमीलाई डर हुनेछ। तिम्रो केश फुल्नेछ, तिमीलाई यताउति घस्रेर हिँड्नुपर्नेछ र केही गर्न मन लाग्नेछैन। तिमी आफ्नो अन्तिम विश्राम लिने ठाउँतिर गइरहेका हुनेछौ र गल्लीमा मानिसहरूले शोक मनाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मानिसहरू अग्लो ठाउँदेखि र गल्लीका खतरादेखि डरले भरिएका हुन्छन्, जब हाँड़े-बदामको बोट सेतै फुलेर फक्रन्छ, र फटेङ्ग्रो पेटले घस्रँदैहिँड्छ, र मनको कामना उत्तेजित रहँदैन— यी सबै हुनुभन्दा अघि नै उहाँको सम्झना गर। तब मानिस आफ्नो अनन्तको घरमा जानेछ, र मलामीहरू गल्लीमा यताउता लाग्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मानिसहरू अग्लो ठाउँसित र बाटाका खतरासित डराउँछन्, जब हाडे-बदामका बोटमा सेतै फूल फुल्दछन्, र फट्याङ्ग्राले आफैँलाई घिसारेर हिँड्दछ, अनि मनको चाहना अब उसो जाग्दैन; किनकि मानिस आफ्ना अनन्तको घरमा जान्छन्, अनि शोक गर्ने मलामीहरू गल्लीमा यताउता लाग्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
डाँडाहरू देखि तिमीलाई डर लाग्छ। बाटोका स-साना ढुङ्गा देखि पनि लडछु कि भन्ने डर लाग्छ। तिम्रा केशहरू बदामका फुल जस्तै सेतै हुन्छन्। हिडदा खेरी एउटा फटेंग्राले जस्तै तिमीले आफूलाई घिसार्छौ। तिम्रो बाच्ने इच्छा पनि हुँदैन, अनि त तिमी आफ्नो सदाको घरमा जानेछौ। अनि तिम्रा शरीरलाई दफन गर्न लैजाने मलामीहरू बाटोमा थुप्रने छन्।