Ecclesiastes 2:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूले चिताएको हरेक थोक मैले प्राप्त गरें। कुनै किसिमको सुख-विलास मैले छोडिनँ। आफूले गरेको हरेक काममा म गर्व गर्थें र यी कुराहरू मेरा मेहनतका फल थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा आँखाले अभिलाषा गरेको केही प्राप्त गर्न मैले आफैलाई इन्कार गरिनँ। कुनै सुख-विलास मेरो हृदयलाई मैले इन्कार गरिनँ। मेरा सारा कामहरूमा मेरो हृदय आनन्दित भयो, र योचाहिँ मेरा सबै परिश्रमको फल थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा आँखाहरूले चाहेका कुनै पनि अभिलाषा प्राप्त गर्न मैले आफैँलाई इन्कार गरिनँ; मेरो हृदयलाई मोजमस्ती गर्न मैले कुनै पनि कसर बाँकी राखिनँ। मेरा सबै मेहनतमा मेरो हृदय प्रसन्न थियो; अनि मेरो सारा परिश्रमको फल यही थियो।
Nepali ERV (पवित्र बाइबल)
मेरा आखाँले जे देख्थे र चाहन्थें तिनीहरूलाई मैले प्राप्त गरें। म जे गर्थें, मेरो मन सधैं त्यसले प्रसन्न हुन्थ्यो र त्यो प्रसन्नता मेरो कठोर परिश्रमको फल थियो।