Ecclesiastes 2:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले मनमा विचार गरें, “मेरो दशा पनि मूर्खको जस्तै हुनेछ र म बुद्धिमान् भएकोले के लाभ छ र?” मेरो मनले जवाफ दियो, “केही लाभ छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले आफ्नो मनमा विचार गरें, “मूर्खको दशा ममाथि पनि आइलाग्नेछ। म बुद्धिमान् भएको के लाभ भयो त?” मैले मेरो मनमा भने, “यो पनि व्यर्थै रहेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले आफ्नो मनमनै विचार गरेँ, “मूर्खमाथि जे आइपर्छ, त्यस्तै ममाथि पनि हुन्छ। तब म बुद्धिमान् भएर मलाई के लाभ भयो र?” तब मैले आफ्नो मनमनै यसो भनेँ, “यो पनि अर्थहीन रहेछ!”
Nepali ERV (पवित्र बाइबल)
मैले आफ्नो मनमा सोचें, ‘कुनै’ मूर्ख मानिसलाई जे परिआउँछ त्यो मलाई पनि परिआउँनेछ भने यति बुद्धिमान बन्नाको लागि यति कठिन परिश्रम मैले किन गरें?” मैले आफैलाई भनें, “बुद्धिमान बन्नु पनि बेकार रहेछ।”