Ecclesiastes 2:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी मैले जीवनको केही अर्थ पाइनँ किनभने हरेक कुराले मेरो जीवनमा दु:ख मात्र ल्याएको थियो। सबै कुरा व्यर्थ थियो, मैले त हावालाई पो खेदेको रहेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले मैले मेरो जीवनलाई घृणा गरें, किनभने सूर्यमुनि गरेको काम मेरो निम्ति दु:खदायी रहेछ। ती सबै व्यर्थ हुन्, बतासलाई खेदेको जस्तो मात्र।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैले मैले आफ्नो जीवनलाई घृणा गरेँ; किनकि सूर्यमुनि गरिएको काम मेरो निम्ति दुःखमय थियो। यी सबै अर्थहीन हुन्; बतासलाई खेदेको जस्तो मात्र हो।
Nepali ERV (पवित्र बाइबल)
यस कारणले मलाई जीवनसित घिन लाग्छ। जीवनमा जो जति छ सब व्यर्थ छ, भन्ने विचारले म खिन्न भएँ। यो हावालाई पक्रन खोज्नु जस्तै हो।
Recommended Reading