Ecclesiastes 2:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमी आफ्‍ना पूरा ज्ञान, बुद्धि र सीप लाएर एउटा काम गर्छौ र सबै थोक अर्काको लागि, जसले केही मेहनत गरेको छैन, छोडेर जान्‍छौ। यो पनि व्‍यर्थ छ र ठूलो दुर्भाग्‍य हो!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने बुद्धि, ज्ञान र निपुणतासित कुनै मानिसले काम गरे तापनि त्‍यसले प्राप्‍त गरेका सबै अरू कसैको लागि छोड़िदिनैपर्छ, जसले त्‍यसको निम्‍ति काम गरेकै छैन। यो पनि व्‍यर्थ, र ठूलो दुर्भाग्‍य हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मानिसले आफ्ना बुद्धि, ज्ञान र सिप लगाएर काम गर्छ, र ती सबै अरू कोही, जसले यसको निम्ति मेहनत नै गरेको हुँदैन; उसैको निम्ति छोडेर जानुपर्दो रहेछ। यो पनि एक अर्थहीन र ठूलो दुर्भाग्य हो।
Nepali ERV (पवित्र बाइबल)
एउटा मानिसले आफ्नो बुद्धि, आफ्नो ज्ञान र आफ्नो चतुर्यांईलाई काममा लाएर कठोर परिश्रम गर्दछ। तर त्यो मानिस मर्दछ र जुन कुराको लागि उसले त्यतिको परिश्रम गर्यो त्यो कुनै अर्कैले पाउँछ। त्यो पाउनेले ती कुराहरूको लागि कुनै काम त गरेको थिएन, र पनि उसलाई ती सब हात पर्ने छ। यसले मलाई ठूलो दुख लाग्छ। यो न्याय पूर्ण कुरो होइन। यो विवेक पूर्ण कुरो पनि होइन।