Ecclesiastes 2:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसको निम्ति खानु, पिउनु र आ-आफ्नो काममा सन्तोष पाउनु नै सबैभन्दा असल हो तर मैले यो पनि बुझें कि त्यो पनि परमेश्वरबाटै पाइन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसले खानु, पिउनु र आफ्नो काममा सन्तुष्ट रहनुभन्दा अरू अझ बढ़ी केही गर्न सक्दैन। यो पनि परमेश्वरको हातबाट आएको म देख्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसले खानु, पिउनु र आफ्ना परिश्रममा सन्तुष्ट रहनुभन्दा अरू कुनै कुरो असल छैन। म देख्दछु, यो पनि परमेश्वरका हातबाट प्राप्त हुँदछ;
Nepali ERV (पवित्र बाइबल)
यदि कसैले परमेश्वरलाइ प्रसन्न गरे परमेश्वरले उसलाई ज्ञान, बुद्धि र आनन्द दिनुहुन्छ। तर जसले उहाँलाई खिन्न पार्छन, त्यो त खाली वस्तुहरू थुपार्ने र त्यसलाई बोक्ने काम मात्र गर्दछ। परमेश्वरले खराब मानिसहरूबाट लिएर असल मानिसहरूलाई दिनुहुन्छ। यसकारण यी सब काम व्यर्थ छन्। यो पनि हावालाई पक्रने काम जस्तो मात्र हो।