Ecclesiastes 2:26 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसलाई मनपर्छ, उसलाई परमेश्वरले ज्ञान, बुद्धि र सुख दिनुहुन्छ तर पापीहरूलाई उहाँले परिश्रम गरी कमाउनु र कमाइबाट बचाउनुहुन्छ र त्यो बचाएको कमाइ पनि उहाँले जसलाई मनपर्छ, उसलाई नै दिनुहुन्छ। यी सबै व्यर्थ हुन्। यो हावालाई खेदेजस्तै मात्र हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन मानिसले परमेश्वरलाई खुशी तुल्याउँछ त्यसैलाई उहाँले बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ। तर पापीलाई चाहिँ उहाँले परमेश्वरलाई खुशी तुल्याउने व्यक्तिको निम्ति धन-सम्पत्ति जम्मा गर्ने र थुपार्ने काम दिनुहुन्छ। यो पनि व्यर्थ, र बतासलाई खेदेको जस्तो मात्र हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन मानिसले परमेश्वरलाई खुशी पार्दछ, त्यसलाई उहाँले बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ; तर पापीलाई चाहिँ उहाँले धनसम्पत्ति जम्मा गर्ने र बटुल्ने काम दिनुहुन्छ; यसरी ती कुराहरू पनि उहाँलाई खुशी पार्नेले नै प्राप्त गर्दछ। यो पनि अर्थहीन र बतासलाई खेदेजस्तो मात्र हो।